नेपाली समय र मिती

Sunday, January 20, 2019

सुमितको"सिताराम"ले एकै दिनमा पचास हजार दर्सक कमायो ।

काठमाडौं, माघ ७,
पप, आधुनिक र लोकगीतको म्युजिक भिडियोमा देखिएको सुमित थापा रामको स्वरुपमा नयाँ म्युजिक भिडियोमा देखिएका छन् । पपलोक शैलीको डिजे गीतमा रामको स्वरुपमा देखिएका सुमितलाई साथ सिता बनेर साथ दिएकी छिन् करिश्मा ढकालले । गीतमा रावणको स्वरुपमा भने सुवास कार्कीले अभिनय गरेका छन् ।   
मिलन साउदको स्वर, सुवास कार्कीको र्याप, रोशन सिंहको शब्द र संगीत रहेको उक्त गीतको सम्पादन मिलन विश्वकर्माले गरेका हुन् । प्रकाश खड्काको क्यामेरा, बिक्रम चौहानको निर्देशन रहेको उक्त गीतको एरेन्ज कृष्ण विकले गरेका हुन् ।

गीत युट्युबमा अपलोड गरिएको एकदिनमा नै ठुलो संख्यामा दर्शकहरु बटुल्न सफल भएको छ ।
  भिडियो हेर्नुस् :-

No comments:

Post a Comment