नेपाली समय र मिती

Monday, December 17, 2018

पुस्कल शर्मा र बिष्णु माझीको स्वरमा चित्र भुजेलको "चिता" बजारमा ।।

काठमाडौं । पौष 3,
                          चित्र भुजेलको शव्दमा तयार भएको मार्मिक गीत ‘चिता’ सार्वजनिक भएको छ । उक्त गीतलाई नेपाली लोक दोहोरी क्षेत्रका बहुचर्चित गायक तथा मोडल पुस्कल शर्मा र चर्चित गायिका बिष्णु माझीको सुमधुर आवाजमा बजारमा ल्याइएको हो ।

लोक दोहोरी इतिहासमै फरक फरक प्याटनका दोहोरी गीत गर्ने पुस्कलका हरेक गीत पछिल्लो समय मार्मिक नै बन्ने गर्दछ। यस गीतमा चित्र भुजेलका शव्दले पनि धेरै नै महत्वपूर्ण भूमिका खेलेको छ । स्याङ्जा हरिनाश गाउपालिका चिसापानी मा जन्मेका चित्र भुजेलको यो दोश्रो गीत हो भने उनी साहित्यमा समेत अव्वल रहेका छन् ।

मन्दिर म्युजिक प्रालिको प्रस्तुतिमा बजारमा आएको उक्त गीतको शब्द चित्र भुजेलको रहेको छ भने लय तेजेन्द्र बिबसको रहेको छ।पुस्कल शर्माकै निर्देशन रहेको भिडियोमा सम्पादन भने पछिल्लो पुस्ताका चर्चित सम्पादक दिपक बिष्टको रहेको छ।सुरेश श्रेष्ठको छायांकनमा रहेको भिडियो पुस्कल शर्माकै युटुबमा सार्बजनिक भएको छ ।

No comments:

Post a Comment