भिषण वर्षापछि सोमबार राति गएको पहिरोले घर बगाउँदा एकै घरका तीनजनाको मृत्यु भएको छ। बरेङ गाउँपालिका–१, धुल्लुबाँस्कोटका ४० वर्षीय विष्णुबहादुर क्षेत्री, उनकी श्रीमती ३० वर्षीया विष्णुमाया क्षेत्री र छ महिने छोरी सोनिया क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। घरमै सुतिरहेको बेलामा एक्कासी खसेको ठूलो पहिरोमा परी उनीहरुको मृत्यु भएको हो। पहिरोमा पुरिएका मृतक तीनै जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायब उपरीक्षक विश्वराजसिंह थापाले जानकारी दिए।
इलाका प्रहरी कार्यालय, बरेङको प्रहरी टोली र स्थानीयवासी बिहानैदेखि उद्धारमा खटिएका थिए। घरसँगै गोठ पनि पहिरोले बगाएको जनाइएको छ। मृतक क्षेत्रीका दुई छोरी भने पढाइको सिलसिलामा बाहिर रहेको बुझिएको छ। रातभर परेको वर्षाले जिल्लाका अन्य ठाउँमा पनि ठूलो भौतिक क्षति पुर्याएको छ। बरेङ गाउँपालिकाका–२ हुग्दीशिरको ब्राहकोट प्रावि पहिरोले क्षतिग्रस्त बनेको जनाइएको छ।

No comments:
Post a Comment