तिज गितको नाममा विकृति युक्त गितहरुको भिडमा तेजश रेग्मीको निकै मौलिक र बास्तविक तिजको कोशेली ससुरालीलाई चिठ्ठी भर्खर मात्र सार्वजनिक भएको छ ।
यो बर्ष धेरै जित गितहरु गाउने पुरुष मध्येका एक तेजश रेग्मीले लय सिर्जना गरेको सो गितमा सर्जक सतिश अधिकारीले निकै उत्कृष्ट शव्द सिर्जना गरेका छन भने बहुचर्चित गायक पुरुषोत्तम न्यौपानेको आवाज समेत सुन्न सकिन्छ । न्यौपानेको यो सालको यो पहिलो गित समेत हो ।
गितमा तेजश रेग्मीको आवाज श्रीमाको रुपमा,पुरुषोत्तम न्यौपानेको आवाज सुसुराको रुपमा,श्रीमतिको रुपमा मञ्जु विक तथा दाईको रुपमा गणेश पौडेलको आवाज रहको छ ।
गितमा सरापे,विम्ली,यादव देवकोटा,दाह्री बा,सतिश अधिकारी लगाएतको अभिनय देख्न सकिन्छ । गितलाई सरोज रोशन भट्टराईले म्युजिक भिडियो निर्देशन गरेका छन भने एस.थ्रीके इन्टरडेन्डमेन्डले बजार व्यवस्थापन गरेको छ ।
No comments:
Post a Comment