माया प्रेम लगायका प्रेमी जोडीहरुको कथालाई प्रेमले गीतमा उतारेका छन । गीतमा सापकोटा आफैको लय तथा शब्द सिर्जना गरेका छन् भने उनलाई आवाजमा शान्ता जिसीले साथ दिएकी छन ।
गीत सार्वजनिक भए पछि हामी सँग कुरा गर्दै सापकोटाले भन्नु भयो “मेरो पहिलो गीतलाई पनि आलोचना सहित धेरै दर्शक स्रोताले मन पराइदिनु भएको छ यो गीतलाई पनि सबैले मन पराइदिनेमा आशावादी छु ।”
गीतको म्युजिक भिडियो समेत निकै उत्कृष्ट बनेको छ । गीतलाई प्रकाश धमलाले सम्पादन गरेका छन भने सुरेश श्रेष्टले खिचेका हुन । गीतलाई अहिलेकी ब्यस्त निर्देशक स्मृति तिमिल्सीनाले निर्देशन गरेकी छन । गीतमा चक्र बम र अञ्जली अधिकारीको अभिनय रहेको छ । गीतलाई प्रेमको आफ्नै युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।
No comments:
Post a Comment