बागलुङ सायद कल्पना पनि थिएन हाेला गायिका रिना केसी र गायक तेजश रेग्मीलाई यति धेरै दर्शाकश्राेताकाे साथ मिल्छ भनेर ! जब उनी राग स्टुडियाेकाे रेकर्डिङ स्टुडियाेमा प्रवेश गर्दे गर्दा साच्चिकै गीतले सफलता पाउला कि नपाउला भन्ने एक चिन्ता उनलाई थियाे रे ! स्वाभाबिक हिसाबले पनि रेकर्डिङकाे क्रममा गायक गायिकाले निकै मेहनतका साथ गाउने काेशिस गरेका हुन्छन,तर यस गीत साच्चिकै गायिका रिना केसिकाे लागि सांगितिक क्षेत्रमा एक सफलताकाे बाटाे भने अबश्य खुलेकाे छ ।
२०७५ साल चैत्र १५ गते बजारमा सार्बजानिक भएकाे भंगेरी चरीले १ कराेड भन्दा बढि दर्शाककाे माया पाईरहेकाे छ, जसकाे कारण १ कराेड दर्शाक श्राेताकाे नजरमा परेकाे छ याे लाेकदाेहाेरी ईतिहासमा ठुलाे सफलता हाे, बिभिन्न सञ्चार माध्यम ,अनलाईन मिडियामा गुन्जिएकाे भंगेरी चरी S3K ईन्टरटेनमेन्ट प्रालिकाे प्रस्तुतिमा सार्वजानिक भएकाे थियाे।
गीतकाे सृजना गायक तथा सर्जक तेजश रेग्मीले गरेका थिए,भने अावज गायिका रिना केसि र तेजश रेग्मिकाे रहेकाे थियाे,भिडियाेमा तेजश रेग्मी ,सतिश अधिकारी,पुजना घिमिरे,संगम शर्माकाे भुमिका रहेकाे छ ।
पछिल्लाे समय निकै व्यस्त एरेन्जर अशिष अबिरलकाे संगितमा राग स्टुडियाेमा रेकर्ड भएकाे थियाे,शिव बिककाे निर्दशन,सुजन शाहीकाे सम्पादन र शम्भु चालिसेकाे छाँयाङकनमा भिडियाे तयार भएकाे थियाे
Video link
👇️
https://youtu.be/7Q85l4-AEvw
No comments:
Post a Comment