नेपाली समय र मिती

Wednesday, September 18, 2019

लोक प्रिय गायक तथा संगीतकार वसन्त थापाको बोकेझार । भिडियो सहित ।

काठमाडौं असोज २ बिहीवार । ✍️बहु चर्चित संगीतकार  गायक तथा थुप्रै लोकप्रिय गीतका स्रस्टा बसन्त थापाको बहुप्रतिक्षित गीत खेतमा बुके झार सार्बजनिक भएको छ | आज मिति २०७६ आश्विन 1 गतेको अवसर पारेर युट्युब मार्फत विश्वभर एकै साथ रिलिज गरिएको यो गीतलाई लाखौँ दर्शकले बिगत 2 महिना देखि कुरेर बसेका थिए !
चर्चित लय तथा शब्द संकलक प्रह्लाद सुबेदीले रचना गरेको यो गीत बुढापाका देखि अहिलेका तन्नेरी पुस्ता अनि बालबालिका को मन मस्तिष्कमा बस्ने पक्का छ ! सालको पातको गीत एकाएक हिट भैसकेपछि पछाडी फर्केर हेर्न नपरेका गायक संकलक तथा संगीतकार बसन्त थापाको यो गीतलाई अहिलेको चर्चित सोसल एप टिकटक मा भने यस अघिनै लाखौँ दर्शकले मन पराएर भिडियो बनाइसकेका छन् !
चर्चित डान्सर सुनिल थापा अनि भद्रगोल सिरियल बाट चर्चामा आएकी मोडल रक्षा श्रेष्ठको दमदार अभिनय रहेको यो गीतमा आवाज दिएका छन् बसन्त थापा र बिष्णु माझीले भने यो गीतमा संगीत भर्ने काम पनि स्वयम् बसन्त थापाले नै गरेका छन् !
गितको भिडियो तथा अडियो वसन्त थापाको युटुब च्यानल बाट देख्न र सुन्न सकिन्छ ।

No comments:

Post a Comment