नेपाली समय र मिती

Tuesday, September 18, 2018

मनै घाइते बनाउने दसैं गित"दसैं खर्च"

बहुप्रतिभाका धनि गायक तथा सर्जक प्रेम सापकोटा सोनुले यो बर्षको दशैंमा चर्चित निर्देशक स्मृति तिमिल्सिना “गुरूआमा”लाई “दशैं खर्च” नपठाउने भएका छन ।

हिन्दु धर्मावलम्बीको महान चाड विजया दशमी सबैको घर आगनमा भित्रीनै लागेको छ र यो समय हुने खानेहरूलाई त केही चिन्ता छैन तर हुंदा खाने निम्न बर्गका मानिसलाई दशैं खर्चको कसरी जोहो गर्ने भन्ने चिन्ताले पिरोली रहेको छ । परदेश भएको छोराले पनि पैसा पठाउन नसक्दा घरमा ति बुढी आमाले कसरी मनाउने होलीन दशैं ?

नेपाली समाज र हाम्रो जिवनको यथार्थ चित्रण गरिएको दशैं तिहार गीत “दशैं खर्च”मा प्रेम आफ्नै शब्द तथा लय सिर्जनामा प्रेम सापकोटा सोनु र देवी घर्तिले आवाज दिएका छन।

पछिल्लो समयकी अत्यन्तै ब्यस्त चर्चित निर्देशक स्मृति तिमिल्सीना “गुरूआमा”को निर्देशनमा प्रेम सापकोटा र रमा थपलियाको जिवन्त अभिनय रहेको उक्त म्यूजिक भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन

https://youtu.be/yGI2JBFlrF0

No comments:

Post a Comment