नेपाली समय र मिती

Friday, June 22, 2018

मस्तिष्क महत्वपूर्ण कि मेमोरी कार्ड ? नकुल ढकाल नवीन - हाम्रा भाका

पेन्ड्राइभमा ( मेमोरी ) जस्ता सामाग्री भरिन्छ
उस्तै सामाग्री सेभ भयर रहिरहन्छन
तर कहिले काहीं भाइरस भरियको
कम्प्युटर वा ल्याप्टपमा जोड्यो भने
पेन्ड्राइभमा ( मेमोरी ) पनि भाइरस सर्छ
र हामी एन्टि भाइरस मार्फत भाइरस हटाउछौ

तर
मेमोरी जस्तै दृश्य स्टोर गर्ने मस्तिष्कमा
जति सुकै भाइरस भरियोस
हामी एन्टि भाइरस प्रयोग गर्दैनौ र
भाइरसले सन्तुलन शक्ति कम्जोर बनाउदछ

पेन्ड्राइभको भाइरस सफा गर्ने एन्टि भाइरस हो भने
मान्छेको मस्तिष्कको भाइरस सफा राख्ने
ध्यान र योगा हो
योगा ध्यान रोगिहरुको लागी मात्र उपयोगी होइन
योगा ध्यान थकित र मानसिक तनाब ब्यक्तिहरुको लागी पनि
उत्तिकै उपयोगी हो

चौसट्ठी जिबिको नै किन नहोस
एउटा मात्र भाइरस सहितको सामाग्रीले
पेन्ड्राइभको शक्ती कम्जोर बनाउछ
त्यस्तै मस्तिष्क जतै नै शक्तिशाली किन नहोस
एउटा मात्र नकारात्मक सोच र दृश्यले
हजारौ जिबि सक्ती भयको मस्तिष्कलाइ कम्जोर र अयोग्य बनाइदिन्छ

शिक्षामा अब्बल मानिने तिख्खर दिमाग भयका बिध्यार्थीहरु
मानसिक रुपमा शिकार भैरहेका घटना 
हमिले धेरै देख्ने गरेका छौ
उनिहरुको समस्या मस्तिष्क भित्रको भाइरस हो
जुन भाइरसले उनिहरुलाइ सन्तुलन गुमायर
पागलको रुपमा भड्किन सम्म बाध्य गराउछ

जसरी गाडिका पाङ्राहरुमा
नट बोल्ट धोल्लो भयर
गाडी एक्सिडेन्ट् हुने गर्दछ
त्यसै गरि मान्छेको मस्तिष्कका नट बोल्टहरु पनि
भाइरसले खुकुलो बनाइदिन्छ र
मान्छेहरु एक्सिडेन्ट् मा पर्ने गर्दछन

दैनिक आधा घन्टाको ध्यानले
जतिसुकै शक्तिशाली भाइरस किन नहोस
निर्मुल बनाइदिन्छ र सुरक्षा कबचको रुपमा समेत प्रस्तुत हुन्छ
दैनिक ध्यान बस्ने ब्यक्तीहरु
रिस क्रोध र प्रेसर बाट समेत सुरक्षित रहन्छन
किन कि ध्यानले शरिरका सम्पुर्ण
अङ्ग नसाहरु र अन्य पुर्जाहरुलाइ समेत
सन्तुलन मिलायर लैजन्छ
त्यसैले ध्यान गरौ 

No comments:

Post a Comment